logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • साना-मझौलादेखि सबै खाले व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउँछु: उमेशलाल श्रेष्ठ

    साना-मझौलादेखि सबै खाले व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउँछु: उमेशलाल श्रेष्ठ

    676
    SHARES
    साना-मझौलादेखि सबै खाले व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउँछु: उमेशलाल श्रेष्ठ

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले सबै उद्योगी–व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउनुपर्ने आवश्यकता टड्कारो रहेको बताएका छन्। ‘अहिले साना, घरेलु तथा मझौला उद्योगी-व्यववसायीहरुको समस्या एकदमै जटिल बन्दै गएको छ भने वस्तुगत र जिल्ला नगरका उद्यमी–व्यवसायीको अवस्था एकदमै दयनीय बनेको छ’, महासंघको ५७ औँ साधारणसभामा बोल्दै उनले भने, ‘वस्तुगत तथा जिल्ला नगरका साथिहरु आफ्ना समस्या लिएर सडक अन्दोलनमा उत्रँदा पनि महासंघ नेतृत्वले नदेखेको र नसुनेको अवस्था छ।’



     

    अहिले महासंघका जिल्ला नगर, वस्तुगत, एसोसिएट्स र द्विराष्ट्रिय संघबीच अन्तरसम्बन्ध नरहेको भन्दै श्रेष्ठले आगामी दिनमा सबै पक्षहरुबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। ‘मेरो विरासत कुनै ठूलो व्यावसायिक घराना होइन तर मैले सानोबाट प्रवेश गरेर अहिले राम्रै अवस्थामा आफ्नो व्यवसाय संचालन गरिरहेको छु भने महासंघमा पनि मेरो लामो अनुभव छ’, उनले भने, ‘महासंघमा उद्योगी–व्यवसायीको जे माग हो, मेरो अजेन्डा पनि त्यही नै हो। त्यसैलाई सम्बोधन गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु।’

     

    महासंघका उद्योगी–व्यवसायीका समस्या सुन्ने, देख्ने र उक्त समस्या समाधानका लागि सम्बन्धित निकायका लिएर लबिङ गर्न सक्ने निडर नेतृत्वको आवश्यकता रहेको श्रेष्ठले बताए। त्यसका लागि आफू निर्विकल्प रहेको समेत उनको दाबी थियो। ‘हामीले व्यवसायीमाझ जे बोल्छौँ, सरकारसँग पनि त्यही विषय इमान्दारिताका साथ उठाउनुपर्छ’, उनले भने, ‘त्यो इमान्दारिता मसँग छ, यदि तपाइँहरुले निर्वाजित गरेर पठाउनु भएको खण्डमा पूर्ण रुपमा पालना गर्नेछु।’

     

    नयाँ नेतृत्व चयनसँग महासंघमा अबका दिनमा हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सहयोगीका रुपमा अघि बढ्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको श्रेष्ठले बताए। आफूले जितेको अवस्थामा सबै खाले उद्यमी–व्यवसायीले अपनत्व गर्ने महासंघ बताउने समेत उनको प्रतिबद्धता थियो।


    अर्थ चाैतारी
  • मंगलबार, २८ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट