logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • टेलिकमले पोखरा र वीरगन्जमा पनि थाल्यो फाइभजी परीक्षण

    टेलिकमले पोखरा र वीरगन्जमा पनि थाल्यो फाइभजी परीक्षण

    1.1K
    SHARES
    टेलिकमले पोखरा र वीरगन्जमा पनि थाल्यो फाइभजी परीक्षण

    काठमाण्डौ । फाइभजी परीक्षणको जिम्मेवारी पाएको नेपाल टेलिकमले काठमाण्डौसँगै पोखरा र वीरगन्जमा पनि परीक्षण सुरु गरेको छ । टेलिकमले यसअघि काठमाण्डौको बबरमल र सुन्धारामा फाइभजीको टावर राखेर परीक्षण सुरु गरिरहेको हो ।



     

    गण्डकीको पोखरा र मधेस प्रदेशको वीरगन्जबाट समेत फाइभजीको परीक्षण सुरु भएको हो । यससँगै, देशका ४ स्थानबाट फाइभजी परीक्षण सुरु भएको टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईले जानकारी दिए । ‘टावर जडानको काम सम्पन्न भएपछि परीक्षण सुरु भएको छ,’ भट्टराईले भने, ‘तर, यो एक÷दुई दिनमा सकिने परीक्षण होइन ।’

     

    टावर जडानको काम सकिएसँगै फाइभजी जडान गर्दा आउने समस्या र चुनौतीका विषयमा अध्ययन हुन्छ । जोडिएका टावरबाट प्रवाह हुने सेवाकामाध्यमबाट हुने परिणाम लगायतका विषय समेत हेरिन्छ । टेलिकमले चिनियाँ कम्पनी हुवावेसँगको समन्वयमा नेपालमा फाइभजी परीक्षण गरिरहेको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २३ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट