logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • ‘बेलाको’ ब्राण्डका विद्युतीय सामान नेपाली बजारमा

    ‘बेलाको’ ब्राण्डका विद्युतीय सामान नेपाली बजारमा

    598
    SHARES
    ‘बेलाको’ ब्राण्डका विद्युतीय सामान नेपाली बजारमा

    काठमाण्डौ । बेलायती ब्राण्ड ‘बेलाको’ होम एप्लाइन्सेसका विद्युतीय सामग्री नेपाली बजारमा आएका छन् । आईकेबीएच ग्रुपले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको होम अप्लाइन्सेन्स नेपाली बजारमा भित्रिएको जनाएको छ ।



    ‘बेलाको उपभोक्ता र व्यवसायिक दुवै क्षेत्रमा आफ्नो सशक्त उपस्थिति बनाउन केन्द्रित हुादै आइरहेको छ’ ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आईकेबीएच ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक अब्दुल बसिदले एक कार्यक्रमबीच बेलाकाको ब्राण्डका विद्युतीय सामान र उपकरणको शुभारम्भ गरे ।

     

    बसिदले नेपाली जनताको दैनिकी सहज बनाउनका लागि यी उपकरण सहयोगी हुने बताए । ‘नेपालमा व्यवसाय सुरु गर्दा केही मात्रामा भएपनि रोजगारीको अवसर सिर्जना हुनेछ, अर्थतन्त्रमा पनि सकारात्मक टेवा पुर्‍याउने आशा गरेका छौं’ उनले भने । कम्पनीले नयाँ वर्षलाई लक्षित गरी विभिन्न उपहार योजनाहरु पनि ल्याएको जनाएको छ । जसअन्तर्गत बेलाकोको एउटा सामान किन्दा अर्को सित्तैमा पाइने अफर समेत रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अफर जेठ मसान्तसम्म लागू हुनेछ ।


    अर्थ चाैतारी
  • आइतबार, ३१ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट