logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • इसेवा मनी ट्रान्सफर तेस्रो वार्षिकोत्सव मनाउँदै, रेमिट्यान्सलाई डिजिटाइजेसनतर्फ लैजाँदै

    इसेवा मनी ट्रान्सफर तेस्रो वार्षिकोत्सव मनाउँदै, रेमिट्यान्सलाई डिजिटाइजेसनतर्फ लैजाँदै

    650
    SHARES
    इसेवा मनी ट्रान्सफर तेस्रो वार्षिकोत्सव मनाउँदै, रेमिट्यान्सलाई डिजिटाइजेसनतर्फ लैजाँदै

    काठमाण्डौ। तीन वर्ष अघिदेखि नेपालकै अग्रणी फिनटेक कम्पनी–एफवान सफ्ट गु्रपअन्तर्गत कार्य सञ्चालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले तीन वर्ष पुरा गरेको छ। यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० वटाभन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ।



     

    कार्य सञ्चालनमा आएसंगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्र्याउँदै आएको छ। त्यस्तै इसेवा मनी ट्रान्सफरमार्फत ६१ लाखभन्दा बढी प्रयोगकर्ताको सञ्जाल इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउन पाएका छन्।

     

    त्यस्तै कम्पनीले आफ्ना एजेन्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशभरि आफ्नो सेवा पुर्याई सकेको छ। हाल यस कम्पनीका मुलुकभर १२ हजारभन्दा बढी संख्यामा एजेन्ट नेटवर्क रहेका छन्। जसबाट ग्राहकले विदेशबाट आएको रकम तुरुन्तै पाउन सकिन्छ। यतिमात्र नभएर देशका कुना–कुनासम्म रहेका इसेवाका १ लाख १२ हजार एजेन्ट क्यास प्वइन्टमार्फत पनि उपभोक्ताले इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन्।

     

    तेस्रो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत–अजेस कोइरालाले भने, ‘कार्य सञ्चालनको ३ वर्षमै इसेवा मनी ट्रान्सफरले छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ। हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियामक निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण शुभ चिन्तक हरुलाई दिन चाहन्छु।’

     

    आफ्नो सेवा विस्तारका बारे कोइरालाले थपे, ‘डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै हामीले ‘मेरो डिजिटल देश’ अभियान सुरु गरेका छौँ, जसअन्तर्गत ६ जना भाग्यशाली विजेताहरुलाई हामीले घरमै गएर उपहार हस्तान्तरण गर्यौं साथै एक जना भाग्यशाली विजेताले काठमाण्डौमा नयाँ घर जित्नुहुनेछ। अन्ततः सबैको पहिलो रोजाइ बनेर बैधानिक रुपमा डिजिटल माध्यमबाट कम शुल्कमा रेमिट्यान्स ल्याई हरेक विदेशिएका नेपाली र उनीहरुको परिवारमा खुसी ल्याउनु नै आगामी दिनहरुमा हाम्रो मूल लक्ष्य रहने छ।’


    अर्थ चाैतारी
  • आइतबार, ३१ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट