logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • माथिल्लो अरुणमा लगानी जुटाउन दातृ निकायहरूसँग अर्थ मन्त्रालयमा छलफल

    माथिल्लो अरुणमा लगानी जुटाउन दातृ निकायहरूसँग अर्थ मन्त्रालयमा छलफल

    754
    SHARES
    माथिल्लो अरुणमा लगानी जुटाउन दातृ निकायहरूसँग अर्थ मन्त्रालयमा छलफल

    कठमाण्डौ । मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरुण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरूसँग छलफल भएको छ ।



     

    १०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फण्ड, जर्मन, साउदी विकास फण्ड लगायतका दातृ निकायका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर, पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेनको पनि सहभागिता रहेको थियो ।

     

    ओपनिङ र प्राविधिक गरी दुई सेसनमा भएको छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंकले माथिल्लो अरुणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताए । मन्त्री महतले अरुण तेस्रोमा नै विश्व बैंकको लगानी चाहेको बताए । विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले अरुण तेस्रोमा लगानी हुन नसकेको भन्दै मन्त्री महतले भने,‘अहिले माथिल्लो अरुणमा लगानीको विषयमा सकारात्मक छलफल हुँदा निकै खुसी लागेको छ।’

     

    मन्त्री महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा एसिया विकास बैंकले चासो राखेको भन्दै लगानीको प्रक्रिया छिटो अगाडी बढाउन आग्रह गरे । ‘अहिले पनि नेपालले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नु परेको छ’ महतले भने, ‘त्यसैले हामीलाई धेरै जलाशय युक्त योजना आवश्यक छ । प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादित १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ। हामी आन्तरिक बजार बढाउँदै पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेका छौं । त्यसैले जल विद्युत् उत्पादन र निर्यातलाई बढाएर व्यापार घाटा घटाउने योजनामा हामी छौं ।’

     

    त्यसैगरी छलफलमा ऊर्जा मन्त्री शक्ति बस्नेतले नेपालमा जलविद्युत उत्पादन र यसको प्रभावका बारेमा चर्चा गरेका थिए । छलफलमा विश्व बैंक, एसियायी विकास बैंक, जाइका फण्ड, साउदी फण्डका प्रतिनिधिहरूले माथिल्लो अरुण परियोजनामा लगानी गर्न इच्छुक रहेको बताए ।


    अर्थ चाैतारी
  • विहिबार, २५ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट