logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • ५ सय कित्ता किन्न मिल्ने नेपाल रिपब्लिकको आईपीओ बिक्री खुला

    ५ सय कित्ता किन्न मिल्ने नेपाल रिपब्लिकको आईपीओ बिक्री खुला

    1.4K
    SHARES
    ५ सय कित्ता किन्न मिल्ने नेपाल रिपब्लिकको आईपीओ बिक्री खुला

    काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाले सर्वसाधारण लगानीकर्ताका लागि आज जेठ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।



     

    कम्पनीले ४ प्रतिशत अर्थात् १ लाख ७४ हजार १२० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ६५० कित्ता सामूहिक लगानी कोष, ४ लाख ३५ हजार ३ सय कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गर्दा बाँकी रहेको ३६ लाख १९ हजार ८९१ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले छिटोमा जेठ ३० गते र ढिलोमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म खरिद गर्न सक्नेछन् ।

     

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर माफर्् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट