logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सातकाे पहिलो दिन सेयर बजार परिसूचक नेप्से ४० अंकले उकालाे

    सातकाे पहिलो दिन सेयर बजार परिसूचक नेप्से ४० अंकले उकालाे

    780
    SHARES
    सातकाे पहिलो दिन सेयर बजार परिसूचक नेप्से ४० अंकले उकालाे

    काठमाण्डौ । सेयर बजारमा उत्साह छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ४०.४८ अङ्कले बढ्दै १९ सय ८०.०९ अङ्कको विन्दुमा उक्लिएको हो । यस्तै आज कारोबारमा समेत उच्चता आउँदै ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको ९५ लाख २८ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ ।



     

    आज सेन्सेटिभ इन्डेक्स ६.१० अङ्कले बढ्दै ३७०.५२ अङ्कको विन्दुमा उक्लिएको छ । यसदिन १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी फाइनान्स समूह र इन्भेस्टमेन्ट समूहको उपसूचक क्रमशः ५.७२ प्रतिशत र ५.११ प्रतिशतले बढेको छ भने आज डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.६६ प्रतिशतले बढेको छ ।

     

    यस्तै, ट्रेडिङ समूहको उपसूचक ३.८८ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५३ प्रतिशतले बढेको छ । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ को सेयर मूल्य ३.८३ प्रतिशतले घट्न पुगेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २८ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट