logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • १६ अंकले बढ्यो नेप्से, ५ अर्ब रुपैयाँ बराबरको काराेबार

    १६ अंकले बढ्यो नेप्से, ५ अर्ब रुपैयाँ बराबरको काराेबार

    689
    SHARES
    १६ अंकले बढ्यो नेप्से, ५ अर्ब रुपैयाँ बराबरको काराेबार

    काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज १६.४२ अंकको वृद्धि आएको छ । पछिल्लो समय निरन्तर बढिरहेको नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेपछि २०३७ अंकमा पुगेर रोकिएको छ ।



    नेप्सेमा यो सातौं दिनसम्म जारी निरन्तर वृद्धि हो । यसक्रममा आज १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९१ वटाको भने घटेको छ । यस्तै, ६ वटाको सेयर मूल्यमा स्थिरता कायम रहेको नेप्सेले जनाएको छ । परिसूचक ०.८१ अंकले बढेको दिन आज ५ अर्ब रुपैयाँ बराबरको १ करोड २५ लाख कित्ता सेयर किनबेच भएको छ ।

    आज नेप्सेमा खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने सिटी होटलको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ । यस्तै, आज राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य ५.६२ प्रतिशतले घटेको छ । यसक्रममा आज ७ समूहको सूचक बढेको छ भने ६ समूहको सूचकमा गिरावट आएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३१ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट