logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • इप्पानको अध्यक्षमा कार्की निर्विरोध निर्वाचित, मल्लको उम्मेदवारी खारेज

    इप्पानको अध्यक्षमा कार्की निर्विरोध निर्वाचित, मल्लको उम्मेदवारी खारेज

    1.3K
    SHARES
    इप्पानको अध्यक्षमा कार्की निर्विरोध निर्वाचित, मल्लको उम्मेदवारी खारेज

    काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । इप्पानको निर्वाचन समितिले किरण मल्लको उम्मेदवारी खारेज गरेसँगै कार्की अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।



     

    अध्यक्षमा मल्ल योग्य नभएको भन्दै निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनमा उनको उम्मेदवारी खारेज गरेको छ । निर्वाचन समितिले अध्यक्ष पदमा कार्की, वरिष्ठ उपाध्यक्ष पदमा महोनकुमार डाँगीको नामा प्रकाशित गरेको छ ।

    यस्तै उपाध्यक्षमा ५ जनाको नाम प्रकाशन गरेको छ । जसमा भरतबहादुर खत्री, उत्तम भ्लोन, राम प्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरी रहेका छन् । त्यस्तै महासचिवमा बलराम खतिवडाको नाम सार्वजनिक भएको छ । यस्तै सचिव, कोषाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, ३२ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट