logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • लमजुङको भलायखर्क केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प

    लमजुङको भलायखर्क केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प

    1K
    SHARES
    लमजुङको भलायखर्क केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प

    काठमाण्डौ । लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो ।



    भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

    पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट