logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • जलहरी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न सांसदहरूको माग

    जलहरी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न सांसदहरूको माग

    728
    SHARES
    जलहरी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न सांसदहरूको माग

    काठमाण्डौ । पशुपतिमा बनाइएको सुनको जलहरीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्न सांसदहरूले माग गरेका छन् ।



    सांसदहरूले पशुपतिको जलहरी प्रकरणकाबारे संसदमा सत्यतथ्य कुराको जानकारी हुनुपर्ने माग गर्दै संसदीय समिति गठनको माग गरेका हुन् ।

    सांसदहरु देवेन्द्र पौडेल र प्रदीप पौडेलले जलहरीमा राखिएको सुनबारे सत्यतथ्य पत्ता लगाएर संसद्मा जानकारी गराइनुपर्ने माग गरेका हुन् ।

    सांसद प्रदीप पौडेलले उजुरी परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको भन्दै महाखेलापरीक्षकको प्रतिवेदनमा प्रस्ट आएको विषयलाई अख्तियारले छानबिनमा ढिलाइ गर्नुको कारण माग गरे । उनले यसको निर्णय प्रक्रिया र कार्यान्वयनका सन्दर्भमा छानबिनका निम्ति संसद्ले समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् ।

    सांसद देवेन्द्र पौडेलले जलहरीमा तोकिएको परिमाणको सुन नभएको विषयमा उठेका सबै प्रश्नको जवाफ दिनुपर्ने माग गरे ।

    प्रतिनिधि सभा नै अवरोध हुने गरी उठेको पशुपति नाथको जलहरी प्रकरण अब संसदीय छानबिन हुनुपर्ने माग उठेको छ। सत्ता पक्ष नेपाली काग्रेस,माओवादी र प्रतिपक्षमा रहेको राप्रपाका सांसदले यस्तो माग गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाएकाले उक्त अडियो संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेपछि संसदमा विवाद सुरु भएको थियो। माओवादी केन्द्रका सांसदले संसदमा बोल्ने क्रममा पशुपतिको जलहरीमा भ्रष्टाचार भएको र यसको जिम्मेवारी एमाले अध्यक्ष ओलीले लिनुपर्ने टिप्पणी गरेका थिए।


    अर्थ चाैतारी
  • सोमबार, ११ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट