काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५.७१ प्रतिशत बढेर ११ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.२१ प्रतिशत बढेर २८ करोड ४९ लाख ५२ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २३ करोड ९० लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी जरेको थियो ।
लघुवित्तको कुल सञ्चालन आम्दानी १७.०६ प्रतिशत बढेर ३१ करोड १ लाख १५ हजार रुपैयाँ, सञ्चालन नाफा ५.८८ प्रतिशत बढेर १५ करोड ९२ लाख रुपैयाँ र वितरणयोग्य नाफा ८ करोड ८ लाख १८ हजार रुपैयाँ रहेको छ ।
गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी ८ प्रतिशत बढेर ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ, जगेडा कोष १२ प्रतिशत बढेर २० करोड ३९ लाख रुपैयाँ, सापटि २५.३७ प्रतिशत बढेर ५ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ र कर्जा २४.४४ प्रतिशत बढेर ६ अर्ब ७२ करोड १७ लाख रुपैयाँ गरेको छ ।
गत वर्ष लघुवित्तको खराब कर्जा बढेर १.२२ प्रतिशत पुगेको छ । साथै, लघुवित्तको लागत १२.१८ प्रतिशत, आधार दर १३.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष खराब कर्जा ०.४९ प्रतिशत थियो । लघुवित्तको प्रतिशेयर आम्दानी २८ पैसा घटेर १२ रुप्ैयाँ ८४ पैसामा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा रहेको छ ।
अर्थ चाैतारी ।