logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेसनल आईसीटी स्कलरसिपका लागि आवेदन खुल्यो

    नेसनल आईसीटी स्कलरसिपका लागि आवेदन खुल्यो

    741
    SHARES
    नेसनल आईसीटी स्कलरसिपका लागि आवेदन खुल्यो

    काठमाण्डौ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा कम्प्युटर एसोसियसन अफ नेपाल क्यान महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ।



    क्यान र फाउन्डेसनले संयुक्त रुपमा विगत ४ वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ का लागि आवेदन खुला गरेको हो। सूचना प्रविधिको अध्यापन गराउने कलेजहरुको सहयोगमा क्यान महासंघले निम्नवर्गीय एवं जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ।

    काठमाण्डौको मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा क्यानले ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको जनाएको छ।

    ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ मा सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण र ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिनेछ। ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विगत ४ वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रमअन्तर्गत हालसम्म ११० जना विद्यार्थी अध्ययनरत छन्।

    फिमेल मेरिट आइसिटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना र आईसीटी मेरिट स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ।

    क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन्। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तहअन्तर्गत बीएससी आइटिको अध्ययन गर्न पाउनेछन्।

    नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थामा प्लस टु वा सोसरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछ। छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमा भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ।

    छात्रवृत्तिले दुर्गम क्षेत्रका विपन्नवर्गका विद्यार्थीले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई आफ्नो पेसा–व्यवसाय बनाउन मद्दत पुग्ने क्यान महासंघका अध्यक्ष रणजितकुमार पोदारले बताए।

    क्यान महासंघसँगको सहकार्यले देश भित्र रहेको डिजिटल–डिभाइड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थालाई पनि सार्वजनिक–निजी साझेदारीका निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जालानले बताए।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट