logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • लायन्स क्लब अफ काठमाण्डौ डाउन टाउनले आयोजनामा हाजिरी जवाफ प्रतियोगिता हुँदै

    लायन्स क्लब अफ काठमाण्डौ डाउन टाउनले आयोजनामा हाजिरी जवाफ प्रतियोगिता हुँदै

    793
    SHARES
    लायन्स क्लब अफ काठमाण्डौ डाउन टाउनले आयोजनामा हाजिरी जवाफ प्रतियोगिता हुँदै

    काठमाण्डौ । काठमाण्डौै जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका ४५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरिय हाजिरीजवाफ प्रतियोगिता–२०८० आयोजना हुँदैछ । लायन्स क्लब अफ काठमाण्डौ डाउन टाउनले आयोजना गर्न लागेको हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन लायन्स क्लब अफ तारकेश्वर डाउन टाउनले गर्ने भएको हो ।



     

    यही भदौ २६ गतेदेखि तारकेश्वर नगरपालिकाको हलमा प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक रामकृष्ण बिसीले जानकारी दिए । प्रतियोगितामा सामुदायिक विद्यालयका विद्यार्थीहरुको गुणस्तर र सामाजिक क्रियाकलापमा उल्लेख्य सहभागिता रहने विश्वासले कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक विसीले जानकारी दिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार नगदसहित मेडल र प्रमाणपत्र वितरण गर्ने आयोजकले जनाएको छ । क्लबले सामुदायिक विद्यालयका विद्यार्थीहरुको क्षमता वृद्धि गर्न समेत हाजिरी जवाफ प्रतियोगिताले ठुलो भूमिका खेल्ने विश्वास लिएको छ ।

     

    लायन्स क्लब अफ काठमाडौं डाउनटाउनले शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । यसपटक भने क्लबले विद्यार्थीको समसामयिक ज्ञानको दायरा बढाउन हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको हो । क्लबले रुम टु रिड संस्थामार्फत कक्षा १ देखि १० सम्मका करिब १० हजार छात्राहरुलाई पोशाक वितरण गरेको छ । क्लबले स्वास्थ्य शिविर, खाद्यान्न वितरण, शैक्षिक सामग्री वितरण, पोशाक वितरण जस्ता सामाजिक कार्यहरु गर्र्दै आइरहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १० भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट