logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • साधना र सबैको लघुवित्त आपसमा मर्ज हुने, एकीकृत संस्थाको नाम ‘सबैको साधना’ रहने

    साधना र सबैको लघुवित्त आपसमा मर्ज हुने, एकीकृत संस्थाको नाम ‘सबैको साधना’ रहने

    728
    SHARES
    साधना र सबैको लघुवित्त आपसमा मर्ज हुने, एकीकृत संस्थाको नाम ‘सबैको साधना’ रहने

    काठमाण्डौ । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको छ। दुवै संस्थाबीच गत शुक्रबार मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो।



    मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने सहमति भएकोछ। सम्झौतापत्रमा साधना लघुवित्तका तर्फबाट अध्यक्ष कृष्णबहादुर थापा र सबैको लघुवित्तका तर्फबाट अध्यक्ष नारायणप्रसाद जोशीले हस्ताक्षर गरेका छन्।

    सहमतिअनुसार सञ्चालक समिति अध्यक्षमा हालको साधना लघुवित्तका अध्यक्ष थापा र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्तका केशवकुमार पौडेल रहनेछन्। तनहुँ जिल्लाको बन्दीपुर१ डुम्रेस्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था सबैको लघुवित्तको चुक्तापुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ।

    गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. ६ हरमटारीस्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था साधनाको चुक्तापुँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ। मर्जरपछि संस्थाको चुक्तापुँजी ७० करोड रुपैयाँ माथि पुग्नेछ।


    अर्थ चाैतारी
  • आइतबार, १७ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट