logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • ५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

    ५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

    676
    SHARES
    ५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

    काठमाण्डौ । दोलखा जिल्लामा अवस्थित ५२ मेगावाट(मेवा) क्षमताको माथिल्लो लाप्चे खोला जलविद्युत् आयोजनाको परामर्शदातामा हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडलाई नियुक्त गरिएको छ ।



     

    यसका लागि गत शुक्रबार नै परामर्शदाता र प्रबर्द्धक कम्पनीबीच सम्झौता भएको छ ।प्रबर्द्धक इनर्जी भेन्चर प्रालिले पहिचान गरी निर्माण प्रक्रिया अघि बढाएको आयोजनाको लागि परामर्शदाता नियुक्त गरिएको हो ।

     

    आयोजनाको ठेक्का व्यवस्थापन, निर्माण कार्यको सुपरभिजन, आयोजनाको विस्तृत अध्ययन, रिभ्यु, अन्तिम रुप दिने, आवश्यक कागजात तयारगर्नेलगायतका लागि हाइड्रो कन्सल्टलाई परामर्शदाता नियुक्त गरेको कम्पनीले जनाएको छ । उक्त कम्पनीले जलविद्युत तथा पूर्वाधार आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनमा इन्जिनियरिङ सेवा दिँदै आएको छ ।

    हाइड्रो कन्सल्टले अहिले एक दर्जन जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्झौताका लागि कागजात तयारीको काम गरिरहेको छ ।माथिल्लो लाप्चे खोलाको बहावमा आधारित (आरओआर) जलविद्युत आयोजना हो । ९ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ । प्राइम कमर्सियल बैंकको अगुवाइमा वित्तिय व्यवस्थापनको टुंगो लागिसकेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १४ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट