logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सेन्सर बोर्डलाई मेयर बालेन्द्रको पत्र : स्वाभिमानमा आँच आउने चलचित्र प्रशारणमा रोक लगाउनू

    सेन्सर बोर्डलाई मेयर बालेन्द्रको पत्र : स्वाभिमानमा आँच आउने चलचित्र प्रशारणमा रोक लगाउनू

    1.5K
    SHARES
    सेन्सर बोर्डलाई मेयर बालेन्द्रको पत्र : स्वाभिमानमा आँच आउने चलचित्र प्रशारणमा रोक लगाउनू

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चलचित्र सेन्सर बोर्डलाई नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन आग्रह गरेका छन्।



     

    बुधबार महानगरले चारबुँदे माग र सुझावसहित केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पत्र काटेको हो। पञ्चशीलता सिद्धान्तरशान्ति प्रवर्धन, एकः राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन समेत पत्रमा उल्लेख छ।

     

    कुनै पनि धर्म, जातजाति, वर्ण, समुदाय, लिङ्ग, तथा शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच) प्रसारणमा रोक लगाउन समेत महानगरले अनुरोध गरेको छ।

     

    सेन्सर बोर्डको चलचित्र जाँच समितिको कार्यविधी २०७४ अनुसार महानगरले पत्र लेखेको हो। कार्यविधी अनुसार प्रतिवन्धित चलचित्रको दृश्य तथा संवाद सहितको चलचित्र प्रदर्शनमा आएको खण्डमा महानगरपालिकाले कानुन बमोजिम आवश्यक कदम चाल्ने समेत चेतावनी दिएको छ।

     

    यसअघि भारतीय फिल्म ‘आदिपुरुष’ मा आपत्तिजनक शब्द राखेको भन्दै बालेन शाहले विरोध गरेका थिए। उक्त संवादले नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतिमाथि ठाडो प्रहार गरेको भन्दै महानगरमा रिलिज समेत रोकेका थिए।

     


    अर्थ चाैतारी
  • बुधबार, ६ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट