logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • जीवन बीमा कम्पनीहरुको आठ महिनामा ९२ अर्ब बीमा शुल्क आर्जन, नेपाल लाइफको अग्रता भने कायमै

    जीवन बीमा कम्पनीहरुको आठ महिनामा ९२ अर्ब बीमा शुल्क आर्जन, नेपाल लाइफको अग्रता भने कायमै

    7.5K
    SHARES
    जीवन बीमा कम्पनीहरुको आठ महिनामा ९२ अर्ब बीमा शुल्क आर्जन, नेपाल लाइफको अग्रता भने कायमै

    काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको आठ महिना (फागुन) सम्ममा ९२ अर्ब २० करोड ३९ लाख रूपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.१७ प्रतिशत धेरै हो।



    गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ८२ अर्ब २० करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए। विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का बाबजुद पनि अधिकाँश जीवन बीमा कम्पनीहरुले उल्लेख्य बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । १९ वटा जीवन बीमा कम्पनीहरु मध्ये सबैले बीमा शुल्क बढाउँदा गुराँस लाइफ इन्स्योरेन्सको व्यवसाय भने खस्किएको छ ।

    जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिनामा कुल ८२ अर्ब २० करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। त्यसमध्ये २८.१० प्रतिशत अर्थात २५ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ प्रथम बीमा शुल्कबाट मात्रै संकलन भएको छ। यस्तै नविकरण शुल्क वापत ६६ अर्ब २८ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको बीमा समितिले जनाएको छ । यस अवधिमा एक करोड ११ लाख ७९ हजार ७२८ वटा सक्रिय बीमालेख रहेको समितिको तथ्यांक छ।

     

    नेपाल लाइफको अग्रता भने कायमै, गुराँस लाइफको व्यवसाय भने निरन्तर खस्किदै
    जीवन बीमा अन्तर्गत नेपाल लाइफले आफ्नो अग्रतालाई कायम राख्दै एक्लैले २३ अर्ब ९३ करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ। यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५.९५ प्रतिशत हो। गत आर्थिक वर्षको फागुनसम्ममा कम्पनीले २२ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

    नेपाल लाइफले कुल बीमाशुल्क आर्जनमा आफ्नो अग्रता कायमै राख्दा नयाँ जीवन बीमा कम्पनीहरुले भने आक्रमक व्यवसाय विस्तार गरेका छन्। सबैभन्दा धेरै बीमाशुल्क बढाउनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। यस अवधिमा सन नेपाल लाइफको बीमाशुल्क ९३.२० प्रतिशतले बढेर २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो।

    सिटिजन लाइफको कुल बीमाशुल्क पनि ६८.२० प्रतिशतलले बढेर ३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।यस्तै महालक्ष्मी लाइफ, रिलायवल नेपाल लाइफ, प्रभु लाइफ र आइएमई लाइफले बीमा शुल्क ३० प्रतिशत भन्दा धेरैले बढाएका छन्। सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने मेट लाइफ इन्स्योरेन्स रहेको छ। मेट लाइफको बीमाशुल्क यस अवधिमा १.७९ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। यो जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कको ३.८७ प्रतिशत मात्रै हो।

    चालु आर्थिक वर्षको आठ महिनासम्ममा गुराँस लाइफ बाहेक सबै जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क बढाएका छन्। गुराँस लाइफको बीमा शुल्क २२.११ प्रतिशतले घटेर २ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यहि अवधिमा गुराँस लाइफले २ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो।


    अर्थ चाैतारी
  • सोमबार, २१ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट