logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • यसवर्षको एसईई चैत पहिलो साताबाट, अबदेखि सबै विषयमा ३५% अंक ल्याउनै पर्ने

    यसवर्षको एसईई चैत पहिलो साताबाट, अबदेखि सबै विषयमा ३५% अंक ल्याउनै पर्ने

    1.2K
    SHARES
    यसवर्षको एसईई चैत पहिलो साताबाट, अबदेखि सबै विषयमा ३५% अंक ल्याउनै पर्ने

    काठमाण्डौ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने जानकारी दिए । शिक्षा पत्रकार सञ्जाल इजोनले आज गरेको कार्यक्रममा माघको पहिलो हप्ता रुटिन निकाल्ने उनले बताएका हुन् ।



    अध्यक्ष शर्माले विद्यालय शिक्षा विधेयकमा संसदमा छलफल कै क्रममा रहेकाले विधेयक पारित हुन समय लाग्ने भएकाले कम्तिमा यसपटक विधेयकमा रहेको प्रावधान लागू नहुने भएकाले चैतको पहिलो हप्ता एसईई सञ्चालन हुने कुरामा ढुक्क हुन आग्रह गरे । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन भइरहेकाले एसईई प्रभावित नहुने पनि बताए । भवन भत्किएका विद्यालयको केन्द्र नजिकैको अर्को विद्यालयमा कायम गरी परीक्षा सञ्चालन गर्ने उहाँको भनाइ छ ।

     

    यसअघि ग्रेडिङ प्रणाली रहेकोमा यस वर्षदेखि सबै विषयमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने प्रावधान लागू गरिने परीक्षा बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यसपालिको परीक्षामा सैद्धान्तिकमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान भएको बताए । कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रम अनुसारको परीक्षा दिँदै छन् ।

     

    परीक्षामा ४ लाख ८९ हजार ४ सय ४४ विद्यार्थीले परीक्षा दिँदै छन् । खुलातर्फ १० हजार विद्यार्थी रहेको पौडेलले बताए ।


    अर्थ चाैतारी
  • बुधबार, २५ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट