काठमाण्डौ । उदयमान गीतकारका रुपमा गीत संगीतको दुनियामा लम्कदै गरेका गीतकार कृष्ण पण्डितको फेरी अर्को नयाँ गीत ‘हरेक पल’… सार्वजनिक भएको छ ।
यस गीत मा हरेक पल हरेक क्षण अनि दिन र रात, तिमी बिना रोकिन्छ है मेरो स्वास…….यस्तै यस्तै शब्दले प्रेमीले प्रेमीकालाई गरेको माया र सम्झनालाई प्रस्तुत गरिएको गीतकार कृष्ण पण्डित बताउछन् । यो गीत माया गर्ने सबैमा समर्पित रहेको पण्डितको भनाई छ ।
गायक नवराज सापकोटाको आवाजमा रहेको यस गीत गितका संगीतकार तथा अरेन्जर वावुल गीरी रहेका छन् । यहि पुष २५ गते वावुल गीरीको युट्युव च्यानलमा हरेक पल गीत सार्वजनिक भएको हो । राजिव शाहले मिक्सिङ्ग र संगीत सागर वुर्जाले भिडीयो डाइरेम्सन गरेका थिए ।
गितकार कृष्ण पण्डितले लेखेको गीत मनको वाधले खाला जिन्दगी… वितेका कुरा अत्याधिक मन पराइएको थियो । विदेशी भूमिमा बसेर नेपाली गीतसंगीतलाई माया गर्ने कृष्णले फेरि फेरि पनि गीत लेख्दै जाने र नेपाली गीत संगीतलाई सदैब माया गर्ने बताउछन् ।
अर्थ चाैतारी ।