logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

    नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

    767
    SHARES
    नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ६४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बैंकको प्रधान कार्यालय, काठमाडौं धर्मपथमा सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो।



     

    साधारण सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको हो।

     

    त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट पुस २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिपकुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट