काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा आफ्नै २३ लाख डुबेको बताएका छन् । मन्त्री अर्यालले शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दैराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्यालले सहकारीमा आफ्नै २३ लाख डुबेको बताउदैँ उठाइदिनेलाई एक–दुई लाख इनाम दिने घोषणा गरेका समेत छन् ।
उनले भने, ‘रास्वपाको उपसभापति डिपी आर्याल पनि सहकारी ठगीमा तपाईंहरुलाई लाग्ला । मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थेँ । मेरो २३ लाख आएपछि उहाँहरुको सचिवालय चलाउन, अध्ययन गर्न दिन्थेँ । मै ठगिएको छु ।’
श्रममन्त्री अर्यालले कुनैपनि दिन देशको कानुनले अपराध नगरीकन कस्टडीमा जानुपर्छ भनेको खण्डमा आफू कस्टडीमा जान तयार रहेको समेत बताए ।
उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नपाएको दाबी गरे । उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको समेत दाबी गरे ।
त्यसपछि संस्था कसरी चलाउने भनेर ७० पेजको प्रपोजल लिएर जाँदा आफूलाई नेतृत्व दिन नमानेपछि राजीनामा गरेर २३ लाख फिर्ता मागेको बताए । तर, उक्त रकम नपाएको उनको दाबी छ ।
अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले विरोध गरिरहेको आरोप लगाएका छन् । रास्वपा आइसकेपछि आफूहरुको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको बताए ।
file image
अर्थ चाैतारी ।