logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा काठमाण्डौमा श्री रामकथा आयोजना

    श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा काठमाण्डौमा श्री रामकथा आयोजना

    1.9K
    SHARES
    श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा काठमाण्डौमा श्री रामकथा आयोजना

    काठमाण्डाै । गौ सेवा प्रकल्प उद्देश्यको लागी यहि मिति २०८० चैत्र २७ गते देखि २०८१ बैशाख ५ गतेसम्म काठमाण्डौ स्थित होटल आनन्द पशुपतिमा श्री रामकथा बाचन भई रहेको छ ।



    उक्त राम कथा विश्व प्रख्यात जगद्गुरु अनन्त श्री समलंकृत द्वाराचार्य श्रीमलूकपीठाधिश्वर स्वामी श्री राजेन्द्र दास देवाचार्य जी महाराजको मुक्तकण्ठबाट वाचन भईरहेको हो । श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा बाचन भईरहेको उक्त राम कथा यहि मिति २०८१ बैशाख ५ गतेसम्म हुने छ ।

    उक्त कथा को प्रथम सत्रमा श्री रामचरित मानसका सामूहिक संगीतमय मूल पाठ दैनिक विहान ९ बजे देखि १२ बजेसम्म संचालन हुने छ भने द्वितीय सत्र अन्तर्गत जगद्गुरु अनन्त श्री समलंकृत द्वाराचार्य श्रीमलूकपीठाधिश्वर स्वामी श्री राजेन्द्र दास देवाचार्य जी महाराजको मुक्तकण्ठबाट श्रीराम कथा प्रवचन अपरान्ह ३ः०० बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने छ । उक्त रामकथा श्रवण गर्न चाहनु हुने इच्छुक सम्पुर्ण श्रद्धालु भक्तजनहरुलाई कथा स्थलमा उपस्थित भई कथा श्रवण तथा प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गरेकाे छ।


    अर्थ चाैतारी
  • विहिबार, २९ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट