logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भगवान कोइरालाको नेतृत्वमा बन्ने बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग घोषणा

    भगवान कोइरालाको नेतृत्वमा बन्ने बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग घोषणा

    1.8K
    SHARES
    भगवान कोइरालाको नेतृत्वमा बन्ने बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग घोषणा

    काठमाण्डौ । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् ।



    काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सातै प्रदेशमा निर्माण गर्ने अस्पतालका लागि गुरुङले सो बराबरको रकम घोषणा गरेका हुन् ।

    कोइरालाको नेतृत्वमा काठमाण्डौसहित सातवटै प्रदेशमा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छन् । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाएका हुन् ।

    डा. कोइराला नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माणको अभियानमा जुटेका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २८ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट