logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • नेशनल लाइफ नेपालगन्ज शाखा र अभिकर्ता संघद्धारा स्व. लामिछानेको स्मृतिमा शोकसभा सम्पन्न

    नेशनल लाइफ नेपालगन्ज शाखा र अभिकर्ता संघद्धारा स्व. लामिछानेको स्मृतिमा शोकसभा सम्पन्न

    1.2K
    SHARES
    नेशनल लाइफ नेपालगन्ज शाखा र अभिकर्ता संघद्धारा स्व. लामिछानेको स्मृतिमा शोकसभा सम्पन्न

    काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्समा तीन पटक नेपाल टप भइसकेका एजेन्सी म्यानेजर तथा पेशागत बीमा अभिकर्ता संघ बिमक समिति नेशनल लाइफ इन्स्योरेन्सका सचिव शंकर लामिछाने अशान्तका पिता स्व। ऋषिराम लामिछानेको स्मृतिमा आज अपरान्ह कोहलपुरमा शोकसभा सम्पन्न भएको छ ।



    नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखा, पेशागत बीमा अभिकर्ता संघ र पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ बीमक समितिले संयुक्त रुपमा शोकसभा आयोजना गरी स्व। लामिछानेप्रति मौनधारणसहित श्रद्धान्जली अर्पण गरिएको हो ।

     

    गत बैशाख २८ गते ८० बर्षको उमेरमा ऋषिराम लामिछानेको घरैमा निधन भएको थियो । आज नवौं दिन जेठ ५ गते शनिबार बाँकेको कोहलपुर नगरपालिका वडा नं १ स्थित कौशिलानगरमा रहेको निवासमै पुगेर बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ता तथा स्थानीयबासी सहभागी भई शोकसभा आयोजना गरिएको हो ।

     

    नेशनल लाइफ इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख दिप नारायण खनालको अध्यक्षतामा शोकसभा सम्पन्न भएको छ । पेशागत बीमा अभिकर्ता संघका केन्द्रीय उपाध्यक्ष दीपक अर्यालले मन्तव्य राखेका थिए ।

     

    २०३६ सालमा कोहलपुरस्थित कौशिलानगर बस्ती बसाल्न मुख्य भूमिका निर्वाह गरेका समाजसेवी स्व। लामिछानेको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो । शोकसभामा सुर्खेत शाखा प्रमुख बल बहादुर सिजापति, नेपालगन्ज शाखाका सहायक विकास अधिकृत नबराज बम, मुख्य व्यवसाय प्रबन्धकहरु गंगा शर्मा पराजुली, भुप बहादुर भण्डारी, युवराज बस्नेत, चन्द्रा शाही, योगेन्द्र कार्की, गिता अधिकारी, खम्बु रोकाया, श्याम श्रेष्ठ, यतिराज अधिकारी, निर्मला पहाडी, नविन लामिछाने, मान बहादुर राना, अनिल कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

     

     


    अर्थ चाैतारी
  • शनिबार, ५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट