logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • पशुपतीमा चढाएको भेटी चोर्ने कर्मचारीमाथि अनुसन्धान गर्न पाँच दिनको समय थप

    पशुपतीमा चढाएको भेटी चोर्ने कर्मचारीमाथि अनुसन्धान गर्न पाँच दिनको समय थप

    806
    SHARES
    पशुपतीमा चढाएको भेटी चोर्ने कर्मचारीमाथि अनुसन्धान गर्न पाँच दिनको समय थप

    काठमाण्डौ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका पाँच जना कर्मचारीमाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको समय पाएको छ ।



    महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेले नियन्त्रणमा लिइएकामध्ये पाँच जना पशुपतिनाथ मन्दिरबाट भेटी चोरी गर्ने कार्यमा संलग्न देखिएकाले अनुसन्धान सुरु गरिएको बताएका हुन् ।

    उनले भने, “बैङ्कका कर्मचारी र गत साता मात्रै त्यहाँ खटिएका दुई कर्मचारी भेटी सङ्कलन गर्ने र लुकाउने कार्यमा संलग्न रहेको पाइएन । त्यसैले छोडिएको छ । अरू पाँच जनामाथि अनुसन्धान भइरहेको छ ।”

    कोषका पाँच कर्मचारीमाथि काठमाडौँ जिल्ला अदालतले अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाका कर्मचारी भेटी गणना कक्षबाट भेटी ९रकम० लुकाएर चोरी गर्ने कार्यमा संलग्न भएको देखिएको थियो ।

    कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सञ्जय कपाली र कुमार परियारमाथि अनुसन्धान अघि बढाइएको छ । प्रहरीले बाह्मणद्वय राम सापकोटा र लक्ष्मण सापकोटा तथा पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको रकम सङ्कलन केन्द्रका एक कर्मचारीलाई नियन्त्रणमा लिए पनि निर्दोष देखिएपछि रिहा गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ९ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट