logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • म्यान्मारस्थित नेपाली राजदूतावासको प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा

    म्यान्मारस्थित नेपाली राजदूतावासको प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा

    793
    SHARES
    म्यान्मारस्थित नेपाली राजदूतावासको प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा

    काठमाण्डौ । म्यान्मारस्थित नेपाली राजदूतावासले २५६८ औं बुद्ध जयन्तीको अवसरमा दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरेको छ ।



    उक्त शुभ कार्यका लागि यांगुनस्थित वनारसी नेपाली विहारका नौ जना भिक्षुहरुलाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा म्यान्मारका लागि अन्य देशका राजदूत, यांगुनस्थित कुटनीतिक नियोगका पदाधिकारीहरु, संयुक्त राष्ट्र संघका पदाधिकारीहरु, नेपाल धार्मिक गोर्खा संघका अध्यक्ष, म्यान्मार पर्यटन संघका अध्यक्ष, बोधगया तीर्थयात्रा कार्यसमितिका अध्यक्ष लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै म्यान्मारका लागि नेपालका राजदूत महामहिम हरिश्चन्द्र घिमिरेले भगवान् बुद्धले देखाएको आठ सत्य मार्गहरुका बारेमा प्रकाश पारे ।

    यस पवित्र दिन संसार भरिका बुद्धधर्मालम्वीहरु तथा सम्पूर्ण शान्तिप्रेमी मानवजातिका लागि महत्वपूर्ण रहेको बताउँदै महामहिम घिमिरेले उपस्थित सबैलाई बुद्धका उपदेशहरू पालना गरी शान्तिपूर्ण जीवन बिताउन आग्रह गरे ।

    बुद्धको जन्मस्थल लुम्बिनी रहेको देश नेपाल र ९० प्रतिशत जनसंख्या बुद्धधर्मालम्वी रहेको म्यान्मारबीच ऐतिहासिक सम्बन्ध रहेको विषयमा चर्चा गर्दै महामहिम घिमिरेले भगवान् गौतम बुद्धले २ पटक म्यान्मार भ्रमण गरेको तथा बुद्धका केही कपालहरु यांगुनको Shwedagon Pagoda मा राखिएको र Shwedagon Pagoda मा राखिएका शाक्यमुनि बुद्ध, क्रकुछन्द बुद्ध, तथा कनकमुनि बुद्धका तस्विरहरु नेपालबाट ल्याएर राखिएको बताउनुभयो । कार्यक्रममा भिक्षुहरुले धर्मदेशना गर्नुका साथै राजदूतावासबाट भिक्षुहरुलाई चिवर दान समेत गरिएको थियो ।

     

    बिहानीको समयमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रसाद स्वरुप खिर, सेलरोटी, पुवा नेपाली अचारको व्यवस्था गरिएको थियो ।

     


    अर्थ चाैतारी
  • विहिबार, १० जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट