logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

    हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

    1.2K
    SHARES
    हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

    काठमाण्डौ। हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि जेठ २७ गते बिहान ११ बजे विशेष साधारण सभा बोलाएको हो ।



    कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको मुख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुने गरी आव्हान गरेको हो । सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

    यसैगरी, सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्तावलाई पारित गर्ने छ ।


    अर्थ चाैतारी
  • विहिबार, १० जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट