logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • ४ करोडको कोकिनसहित विदेशी महिला पक्राउ

    ४ करोडको कोकिनसहित विदेशी महिला पक्राउ

    1.5K
    SHARES
    ४ करोडको कोकिनसहित विदेशी महिला पक्राउ

    काठमाण्डौ । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक किलोग्राम १०१ ग्राम कोकिनसहित कङ्गोलियाका नागरिक ४९ वर्षीय अपुला एकुत्सु बोंगोलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।



    ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले दुबईबाट यही जेठ ४ मा नेपाल आएकी अपुलाले झोलाभित्र लुकाएर राखेको अवस्थामा जेठ ११ गते शुक्रबार ठमेलबाट पक्राउ गरिएको जानकारी दिए । झोलाभित्र प्लास्टिकमा र्‍यापिङ गरी राखिएका ८५ वटा क्याप्सुलसहित प्रहरीले उक्त कोकिन फेला पारेको हो ।

    पक्राउ परेकी अपुलाले उक्त क्याप्सुल पेटभित्र निलेर लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रवक्ता कार्कीले बताए । उक्त कोकिनको बजार मूल्य ३ करोड ८५ लाख रुपैयाँबराबर हुने प्रहरीले बताएको छ । पक्राउ परेकी उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १४ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट