काठमाण्डौ । लगातार गिरावटमा लागेको शेयर बजार बुधबार गतिलो बाउन्सब्याक भएको छ।
बजारमा आज ६०.२२ अंकको बाउन्सब्याक भएको हो। योसँगै नेप्से परिसूचक २०८०.४४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.२५ को अंकले बढेर ४००.३७ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर साढे १ अर्ब बढीको भएको छ।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज वित्त समूह सर्वाधिक ५.०३ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ३.८५ प्रतिशतले बढेको यो दिन बैंकिङ समूहमा २.११ प्रतिशत, व्यापार समूहमा ३.४७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.४८ प्रतिशत, विकास बैंक समूहमा ३.३ प्रतिशत, जलविद्युत समूहमा ३.५७ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.१६ प्रतिशत, लघुवित्त समूहमा ३.६४ प्रतिशत, जीवन बीमा समूहमा ३.०६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१७ प्रतिशत र लगानी समूहमा २.९ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ५० लाख ५ हजार ८१४ कित्ता सेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँमा किनबेच भएका छन्। यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कुमारी बैंकको ४ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ४ करोड ९४ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको ४ करोड ७४ लाख रुपैयाँ, अपी पावरको ४ करोड ५९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड २३ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ६२ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ६१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४२ लाख रुपैयाँ र शिवम सिमेन्टको ३ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सामुदायिक लघुवित्त र उपकार लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा बलेफी हाइड्रोपावर र कालिका लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। तेह्रथुम पावर र उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। यो दिन माउन्टेन हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।
अर्थ चाैतारी ।