logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विष्णु पौडेल पक्राउ परेपछि एमालेले एकै दिन बोलायो संसदीय दल र सचिवालय बैठक

    विष्णु पौडेल पक्राउ परेपछि एमालेले एकै दिन बोलायो संसदीय दल र सचिवालय बैठक

    39
    SHARES
    विष्णु पौडेल पक्राउ परेपछि एमालेले एकै दिन बोलायो संसदीय दल र सचिवालय बैठक

    काठमाण्डौ । नेकपा एमालेले एकै दिन आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ।



    सम्पत्ति शुद्धीकरण मामिलामा उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको भोलिपल्ट एमालेले संसदीय दल र सचिवालयका बैठक एकै दिन राख्न लागेको हो।

    जसअनुसार एमाले संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्नेछ। यसपछि आजै साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा एमाले केन्द्रीय सचिवालय बैठक बस्नेछ।

    सम्पत्ति शुद्धीकरण कसुरमा पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पौडेललाई प्रहरीले सोमबार सुर्खेतमा पक्राउ गरी काठमाडौँ ल्याउँदै छ।

    उनको गिरफ्तारीलाई अध्यक्ष ओली, महासचिव शंकर पोखरेललगायत एमाले नेताले ‘न्याय प्रक्रिया विपरीत र प्रतिशोधपूर्ण’ भन्दै प्रतिवाद गरिने यसअघि नै बताइसकेका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, ९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट