logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा अधिकारी र आचार्यलाई बढुवा गर्न सिफारिस

    धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा अधिकारी र आचार्यलाई बढुवा गर्न सिफारिस

    4K
    SHARES
    धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा अधिकारी र आचार्यलाई बढुवा गर्न सिफारिस

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यकारी निर्देशकमा बढुवा गर्न डा नवराज अधिकारी र विनयदेव आचार्यको नाम सिफारिस गरिएको छ।



    बोर्डको पदपूर्ति समितिको बिहीबार राति बसेको बैठकले कार्यकारी निर्देशकमा बढुवा गर्न अधिकारी र आचार्यको नाम सिफारिस गरेको हो। बोर्डमा आचार्य हाल कार्यवाहक कार्यकारी निर्देशक र अधिकारी उपकार्यकारी निर्देशकका रुपमा कार्यरत छन्। अधिकारी र आचार्यको बढुवामा दाबी–विरोधका लागि ३५ दिनको समयावधि दिइएको छ। यो अवधिमा कुनै दाबी–विरोध नपरेमा सिफारिस गरिएको मितिबाटै दुवैजना कार्यकारी निर्देशकमा बढुवा हुनेछन्।

    बोर्डमा कार्यकारी निर्देशकका लागि कर्मचारीहरुको कार्यक्षमता मूल्यांकनका आधारमा बढुवाद्वारा पदपूर्ति गर्नका लागि सूचना जारी गरेको ९ महिनापछि दुईजनाको नाम सिफारिस भएको हो। अधिकारी साल २०५६ बाट धितोपत्र बोर्डमा अफिसर पदबाट प्रवेश गरेका थिए। फाइनान्स विषयमा विद्यावारिधि गरेका अधिकारीले सरकारका विभिन्न निकायसँग सहकार्य गरी वित्तीय क्षेत्रको विभिन्न विषयमा अध्ययन र अनुसन्धान पनि गरिसकेका छन्। राष्ट्रियका साथै अन्तर्राष्ट्रियस्तरमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरिसकेका अधिकारी टोरन्टो सेन्टरका एसोसिएट पनि हुन्। अधिकारीले राष्ट्रियका साथै अन्तर्राष्ट्रिय विश्वविद्यालयअन्तर्गतका करिब ९० कलेजमा पुँजीबजारसम्बन्धी गेस्ट लेक्चररसमेत छन्।

    अधिकारीले विद्यावारिधिमा नेपाल विद्याभूषण ‘क’, कृष्णचन्द्र रेग्मी अवार्ड, पीएचडी रेकोग्निसन अवार्डलगायत अन्य थुप्रै अवार्ड र सम्मान पनि प्राप्त गरिसकेका छन्। आचार्य भने साल २०५३ मा बोर्डमा सिनियर कम्प्युटर अपरेसन पदमा नियुक्त प्रवेश गरेका थिए। फाइनान्समा त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका आचार्यले बोर्डको २६ वर्षीय अन्तरालमा विभिन्न विभागमा नेतृत्वदायी भूमिका निर्वाह गरी काम गरिसकेका छन्।

    राष्ट्रियका साथै अन्तर्राष्ट्रियस्तरका आईओएसको, एपीजी, एपेक, ओईसीडीलगायतका नियामकीय एजेन्सीहरुले पुँजीबजार र नियामकको भूमिका विषयहरूको कार्यक्रमहरुमा आचार्यले सहभागी भई अनुभव पनि लिइसकेका छन्। आचार्य २०७२ सालको वैशाख महिनादेखि २०७८ सालको वैशाखसम्म बोर्डको नियमन तथा व्यवस्थापन महाशाखाका निर्देशकको भूमिका निर्वाह गरिसकेका छन्। उनले आफ्नो कार्यकालमा डिभेन्चर, हकप्रद निष्कासन, आईपीओ निष्कासनलगायत गरी ५०० बढी प्रोस्पेक्ट्स स्वीकृत गरिसकेको छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट