logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • राष्ट्र बैंकले १० रुपैयाँका ३४ करोड थान नोट छाप्ने, बोलपत्र आह्वान

    राष्ट्र बैंकले १० रुपैयाँका ३४ करोड थान नोट छाप्ने, बोलपत्र आह्वान

    2.1K
    SHARES
    राष्ट्र बैंकले १० रुपैयाँका ३४ करोड थान नोट छाप्ने, बोलपत्र आह्वान

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० रुपैयाँका ३४ करोड थान नयाँ नोट छाप्ने भएको छ । शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो ।



    तथापि, राष्ट्र बैंकबाट गत अक्टोबर २०२१ मा नै जारी बोलकबोलमा सहभागी भई प्रारम्भिक छनोटमा परेका योग्य कम्पनी तथा फर्महरूलाई पुनः दरखास्त आह्वान गरेको हो । योग्य आवेदनकर्ताले एकल चरण दुई खाममा छुट्टाछुट्टै छापसहितको दुईवटा आवेदन हाल्नुपर्नेछ ।

    Nabil bank
    राष्ट्र बैंक मुद्रण विभागका अनुसार आवेदन आउँदो अगस्ट ८, २०२४ मा खुल्नेछ । योग्य छनोटमा परेका आवेदकले सेप्टेम्बर २, २०२४ दिनको १ बजेसम्म आवेदन दिन सक्नेछन् । छनोटमा परेका र टेन्डर पाएको कम्पनीले स्वीकृतिको अधिकतम १२० दिनभित्र नोट छपाई गरी ढुवानी समेत गरिसक्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । आवेदक कम्पनीले धितोको रूपमा अधिकतम २ करोड २० लाख रुपैयाँ राख्नुपर्नेछ ।


    अर्थ चाैतारी
  • शनिबार, ५ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट