logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आरती पावर कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्ने

    आरती पावर कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्ने

    1K
    SHARES
    आरती पावर कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्ने

    काठमाण्डौ । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले साउन ३२ गते शुक्रबार नवौं वार्षिक साधारणसभा बोलाएको छ ।



    कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ८ स्थित पारिजात पार्टी प्यालेस, जाल्पाचोकमा दिनको २ बजेदेखि ५ बजेसम्म सभा बस्ने निर्णय गरेको हो ।

    सभाले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने र सोबाट प्राप्त हुने रकम उपयोग गर्ने, गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    साथै कम्पनीको शेयर पूँजीको समूहगत वर्गीकरण संसोधन गर्न कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ४ संसोधन गर्ने र कम्पनीको नियमावलीको नियम २७ बमोजिम संचालक समिति चयन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट