logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सूर्योदय वोमी लघुवित्तको एफपिओ भोलि बाँडफाँट हुने, कति जना हुँदैछन् मालामाल ?

    सूर्योदय वोमी लघुवित्तको एफपिओ भोलि बाँडफाँट हुने, कति जना हुँदैछन् मालामाल ?

    1.1K
    SHARES
    सूर्योदय वोमी लघुवित्तको एफपिओ भोलि बाँडफाँट हुने, कति जना हुँदैछन् मालामाल ?

    काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ भोलि अर्थात् साउन १६ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बुधबार बिहान ८ बजे एफपिओ बाँडफाँट हुने भएको हो ।



     

    कम्पनीको एफपिओमा साढे १६ लाख आवेदकको हात रित्तो हुने भएको छ । सिडिएसका कम्पनीले साउन ४ गतेदेखि ८ गतेसम्म निष्कासन गरेको एफपिओमा १६ लाख ५९ हजार ७५ जनाले २ करोड ३८ लाख ६३ हजार ४० कित्ताका लागि आवेदन दिएका हुन् । जस मार्फत २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ संकलन भएको छ ।

     

    कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५ कित्ता एफपीओ शेयर निष्काशन गरेको हो । जसअन्तर्गत ४ हजार ६७२ जनाले १०।१० कित्ता शेयर पाउने छन् । सोहि मध्यका ९ जना भाग्यमानीले थप १ कित्ता गरी ११ कित्ता शेयर पाउने छन् । कम्पनीको एफपिओमा आवेदन दिएका १६ लाख ५४ हजार ४०३ जनाको हात रित्तो हुने देखिएको छ ।

     

    साविक सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड सात लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसामा संस्थापक शेयरधनीको स्वामित्व ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९ दशमलव ६४ प्रतिशत रहेकोे छ । राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिंदा दिएको निर्देशन अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले कम्पनीले सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको हो ।

     

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एफपीओ निष्काशन गरेको थियो । कम्पनीको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले एफपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी (आईएस)डबल बी इस्योर रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट