logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • मानुुषीको विशेष साधारण सभा सम्पन्न

    मानुुषीको विशेष साधारण सभा सम्पन्न

    1.8K
    SHARES
    मानुुषीको विशेष साधारण सभा सम्पन्न

    काठमाण्डौ । मानुषी लघुवित्तको शुक्रबार विशेष साधारण सभा सम्पन्न भएको छ । सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो । सभामा प्रस्तुत गरिएको श्रीजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।



    यसले श्रीजनशील लघुवित्तसँग मर्ज गर्ने भनेर अघिल्लो आर्थिक वर्षमा नै सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो । विशेष कारणबस उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभामा गराएको थियो । संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि यसो गरिएको संस्थाकी कार्यकारी प्रमुखले बताइन ।

    मर्जरको उक्त योजना कार्यान्वयन हुन नसकेपछि अर्को उपयुक्त लघुवित्तको खोजी गरी मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । गत साता मात्रै संस्थाले नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थियो ।

    काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् । संस्थाको सेयर पुँजी १० करोड ९३ लाख७५ हजार रहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ९ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट