logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • ठमेल प्लाजा होटलले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने

    ठमेल प्लाजा होटलले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने

    1.2K
    SHARES
    ठमेल प्लाजा होटलले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने

    काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । शेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग बिक्री प्रबन्धक नियुक्त गरकेो छ ।



    कम्पनीले सर्वसाधारणहरुलाई अङ्कित मुल्य १०० रुपैयाँका दरले १० लाख कित्ता शेयर बिक्री गर्ने भएको हो ।

    आज एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि.का तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटल एण्ड सुइटस् लि.को तर्फ बाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले उक्त निष्काशित शेयरको लागि निष्काशन तथा बिक्री प्रबन्धक सेवा प्रदान गर्ने सम्बन्धि द्विपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

    ठमेल प्लाजा होटल एण्ड सुइटस् लि. का.म.न.पा वडा नं. १६, ठमेलमा आफ्नै स्वामित्वको जग्गा एवम् सुविधा सम्पन्न भवनमा चार तारा स्तरको होटल “रमदा इन्कोर काठमाण्डौ ठमेल” को नामबाट बिगत ३ बर्ष देखि सञ्चालन हुँदै आएकोछ । यस होटलले हाल ९० वटा कोठा मार्फत आन्तरिक तथा बाह्य पर्यटक-अतिथिहरुलाई सेवा प्रदान गरिरहेको छ । यस होटलले हङ्गकङ्ग स्थित अन्तर्राष्ट्रिय कम्पनी वुइनधाम होटल एशिया प्याशिफिक कम्पनी लि. सँग प्रविधि हस्तान्तरण सम्झौता गरेको र रमदा इन्कोर काठमाडौं ठमेल नामक टेड्रमार्क प्रयोग गर्ने गरी उद्योग विभागबाट स्वीकृति प्राप्त गरेकोछ ।

    अमेरिकाको न्यु जर्शी शहरमा मुख्य कार्यालय रहेको विश्वस्तरीय चेन होटल कम्पनी वुइनधाम होटल्स् एण्ड रिसोर्ट अन्तर्गत संसार भरी ९,१०० भन्दा बढी होटल तथा रिसोर्टहरु सञ्चालनमा रहेका छन् । वुइनधाम होटल्स् एण्ड रिसोर्ट अन्तर्गत हाल रहेका २५ वटा ब्राण्डहरुमध्ये रमदा अन्तर्गत डिसेम्बर ३१, २०२२ सम्म ६३ देशमा ८५१ वटा होटलहरु सञ्चालनमा रहेका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, २ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट