logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • त्रिविमा सीमा कटेकालाई मौका परीक्षाको अवसर, एआई प्रयोग गरे परीक्षा रद्द

    त्रिविमा सीमा कटेकालाई मौका परीक्षाको अवसर, एआई प्रयोग गरे परीक्षा रद्द

    2.1K
    SHARES
    त्रिविमा सीमा कटेकालाई मौका परीक्षाको अवसर, एआई प्रयोग गरे परीक्षा रद्द

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले समय सीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थी का लागि यस पटक परीक्षा दिन पाउने मौका दिएको छ ।



    त्रिविले मङ्गलवार एक सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिको समयसीमा कटेका विद्यार्थी ले मौका परीक्षा दिन पाउने भएको जानकारी दिएको हो।

    त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा। खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरे बमोजिम सूचना प्रकाशित गरिएको त्रिवि शिक्षाध्यक्षको कार्यालयले जनाएको छ।

    मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थी सहभागी हुन पाउने सूचनामा उल्लेख छ।

    यस्तै, बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट