logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सर्पोट लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा 

    सर्पोट लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा 

    2K
    SHARES
    सर्पोट लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा 

    काठमाण्डौ । सर्पोट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संसथाले शेयरधनीहरुलाई १४।५० प्रतिशत लाभांश दिने भएको छ ।



     

    सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०-८१ के नाफाबाट १३.७७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लािग ०.७२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विष्णुकान्त चौधरीले जनाएका छन् ।

    कम्पनीको हाल कायम चुक्ता पूँजी १० करोड ७६ लाख १८ हजार ९ सय ४० रुपैयाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।


    अर्थ चाैतारी
  • सोमबार, ५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट