logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटना : सहायक हवल्दारलाई थुनामा पठाउन आदेश

    क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटना : सहायक हवल्दारलाई थुनामा पठाउन आदेश

    1.7K
    SHARES
    क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटना : सहायक हवल्दारलाई थुनामा पठाउन आदेश

    काठमाण्डौ । क्रिप्टो कारोबारीसँग करिब ५० लाख असुलेको घट्नामा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक हवल्दारलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । बुधवार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतले सहायक हवल्दार गणेश खड्कालाई थुनामा पाउन आदेश गरेको हो ।



    न्यायाधीश महेन्द्र बहादुर कार्कीले जिल्ला प्रहरी परिसर काठमाण्डौको मुद्दा शाखामा कार्यरत प्रहरी जवान साजन शर्मा चपाईसँग १ लाख रुपैयाँ धरौटी मागेका छन् । काठमाण्डौ प्रहरीले दुई जना प्रहरीसहित ३ जना विरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । असुलीमा संलग्न खोटाङ घर भएका ३५ वर्षीय तेज बहादुर तामाङ फरार छन् ।

    तीनजना मिलेर क्रिप्टो कारोबार गरेको आरोपमा आशिष आचार्यलाई पक्राउ गरेर दुई दिनसम्म थुनेर छाडेको छानबिनबाट भेटिएको छ । उनीहरूले आचार्यबाट ४९ लाख १० हजार असुलेका हुन् । तेज तामाङले हवल्दार खड्कालाई क्रिप्टो कारोबारको सूचना दिएर पक्राउ गराएको र रकम असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    तामाङको सूचनापछि आशिष आचार्य १४ भदौमा पक्राउ परे । क्रिप्टो कारोबार पुष्टि नभएपछि आचार्य रिहा भएका थिए । आचार्य र क्रिप्टोको सूचना दिने तामाङ दुवै क्यानडामा सँगै बस्ने साथी हुन् ।


    अर्थ चाैतारी
  • बुधबार, ७ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट