logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • एलआईसीको हकप्रद किन्न पाउँने आज अन्तिम दिन

    एलआईसीको हकप्रद किन्न पाउँने आज अन्तिम दिन

    2.1K
    SHARES
    एलआईसीको हकप्रद किन्न पाउँने आज अन्तिम दिन

    काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को हकप्रद शेयर आज (कात्तिक ८ गते) सम्म कायम शेयरधनीले मात्रै किन्न पाउँछन् । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक ९ गते बुक क्लोज गर्दैछ । तसर्थ आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रद किन्न सक्नेछन् ।



    कम्पनीले ८८.४५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा हकप्रद शेयर बिक्री गर्नेछ ।

    हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । हकप्रद निष्काशन पछि चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।


    अर्थ चाैतारी
  • विहिबार, ८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट