काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएको छ । बुधबार दिनभर कार्यलयको जिम्मेवारी समालेका रावललाई राती हृदयघात भएको थियो ।
स्रोतका अनुसार बुधबार साँझ सोल्टी होटलमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रमबाट उनी राती १० बजेपछि घर फर्किएका थिए । अचानक विरामी परेपछि परिवारले उनलाई नागरिक अस्पताल लगेका थिए । अस्पतालले लगत्तै उनको निधन भएको जानकारी गराएको थियो ।
६० वर्षिया रावलको श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा अस्ट्रेलियामा रहेको र उनी फर्किएपछि मात्र अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले बतायो । उनको शवलाई पशुपति क्षेत्रको चिस्यान केन्द्रमा राखिएको छ ।
रावल ढेड वर्षदेखि यूनाइटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । त्यसअघि उनी प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए । नेको, सगरमाथालगायत बीमा कम्पनीहरुमा उनले करिव ३ दशक काम गरेका थिए ।
अर्थ चाैतारी ।