logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • रुरु जलविद्युतको १९औँ वार्षिक साधारणसभा आज हुँदै, यस्ता छन् एजेन्डा

    रुरु जलविद्युतको १९औँ वार्षिक साधारणसभा आज हुँदै, यस्ता छन् एजेन्डा

    1.5K
    SHARES
    रुरु जलविद्युतको १९औँ वार्षिक साधारणसभा आज हुँदै, यस्ता छन् एजेन्डा

    काठमाण्डौ । रुरु जलविद्युत परियोजनाले आज कात्तिक ११ गते १९ औँ वार्षिक साधारणसभा गर्दैछ । सभा काठमाडौंको नकसालस्थित लिसारा ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।



    सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    सभाले बोनस वितरणपछि कायम हुन आउने चुक्तापुँजीको १ः०।८० को अनुपातमा अर्थात् ८० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनीमा ५१ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेकोले लगानी व्यवस्थापनका लागि हकप्रद निष्कासन गर्न लागेको जनाएको छ।

    कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थका लागि असोज ३० गते बुक क्लोज गरेको थियो । यसको अर्थ आज असोज २९ गतेसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • आइतबार, ११ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट