logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • समता लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

    समता लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

    1.4K
    SHARES
    समता लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

    काठमाण्डौ । समता घरेलु लघुवित्तको एफपीओमा आज सोमबारदेखि आवेदन खुल्ने भएको छ ।



    कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सयका दरले जारी हुने एफपीओमा सर्वसाधारणले आज कार्यालय समयपछि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ ।

     

    अनलाइन प्रणाली मेरोसेयर तथा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट एफपीओ भर्न सकिनेछ । न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

    बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने प्रावधान छ । सोबमोजिम यस कम्पनीको सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत नपुगेपछि एफपीओ जारी हुन लागेको हो ।

     

    यस कम्पनीको सर्वसाधारणमा जारी सेयर २६। २० प्रतिशत मात्रै छ । एफपीओ जारीपछि सर्वसाधारण सेयर हिस्सा ३०।५२ प्रतिशत र संस्थापक हिस्सा ६९।४८ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ । साविकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेर समता घरेलु लघुवित्त बनेको हो ।

    हिजो आइतबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ८५२ रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३० पैसा छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ ।


    अर्थ चाैतारी
  • सोमबार, १२ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट