logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • पोखरा विश्वविद्यालयमा उपकुलपतिका लागि आवेदन आह्वान

    पोखरा विश्वविद्यालयमा उपकुलपतिका लागि आवेदन आह्वान

    1.3K
    SHARES
    पोखरा विश्वविद्यालयमा उपकुलपतिका लागि आवेदन आह्वान

    काठमाण्डौ । पोखरा विश्वविद्यालयले रिक्त उपकुलपतिका लागि आवेदन आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।



    समितिले कात्तिक २४ गते स्वीकृत गरेको पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि–२०८१ बमोजिम दरखास्त आह्वान गरेको हो ।

    इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा प्रथमपटक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने छ ।

     


    अर्थ चाैतारी
  • आइतबार, २५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट