काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । सेयरधनीका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.७३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल १४.७३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
गत साता बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६४५ रुपैयाँ छ ।
अर्थ चाैतारी ।