logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • फरवार्ड र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    फरवार्ड र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    1.2K
    SHARES
    फरवार्ड र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (मंसिर १३ गते) अन्तिम दिन रहेको छ।



    यी दुवै कम्पनीहरूले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (मंसिर १४ गते) बुक क्लोज गर्दैछन्। यसर्थ आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै यी कम्पनीहरूको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    फरवार्ड लघुवित्त
    यस कम्पनीले हाल कायम चुुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारित गर्न मंसिर २८ गते शुक्रबार सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभा हलमा बिहान ११ बजेदेखि सभा बस्दैछ।

    लघुवित्तले अन्य ‘घ’ वर्गको वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश गर्नेछ।

    यसका साथै गत आवको वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि समावेश छन्।

    सपोर्ट लघुवित्त
    यस कम्पनीले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.७७५ प्रतिशत बोनस शेयर र ०.७२५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ। उक्त निर्णय पारित गर्न पुस ६ गते इटहरी– ४ स्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सभा बस्दैछ।

    त्यस्तै अन्य उपयुक्त लघुवित्तसँग मर्जर र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कूल तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ।

    त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव सभाका लागि तय गरिएका छन्।


    अर्थ चाैतारी
  • विहिबार, १३ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट