logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • युनिक नेपाल लघुवित्तको साधारण सभा पुसमा, बुक क्लोज कहिले ?

    युनिक नेपाल लघुवित्तको साधारण सभा पुसमा, बुक क्लोज कहिले ?

    1.9K
    SHARES
    युनिक नेपाल लघुवित्तको साधारण सभा पुसमा, बुक क्लोज कहिले ?

    काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस १० गते छैठौं साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले कोहलपुरमा रहेको होटल सेन्ट्रल प्लाजामा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।



    संस्थाले गत आवका लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांससँग सम्बन्धित कुनै पनि अजेण्डा पेश हुने छैन । सभामा अन्य कुनै लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बनधी उपयुक्त प्रस्ताव आएमा सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

    यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित गत असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण पारित गरिनेछ ।

    चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ । साधारण सभा प्रयोजनका लागि संस्थाले पुस २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १७ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट