logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेशनल लघुवित्तको साधारणसभा आज बस्दै

    नेशनल लघुवित्तको साधारणसभा आज बस्दै

    845
    SHARES
    नेशनल लघुवित्तको साधारणसभा आज बस्दै

    काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज मंसिर २४ गते बस्दैछ। सभा काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि शुरू हुनेछ।



    सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेश गरिनेछ।
    त्यस्तै संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०ः३० कायम गर्न सर्वसाधारण तर्फको ७ लाख ६५ हजार ३७७.६४ कित्ता शेयर प्रिमियममा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ।

    यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका सामान्य प्रस्ताव पनि समावेश छन्।

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर १८ देखि बुक क्लोज गरिसकेको छ। यसर्थ मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।


    अर्थ चाैतारी
  • सोमबार, २४ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट