काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश घोषणा गरेको छ । बैंकको ३८औं वार्षिक साधारण सभाले लाभांश घोषणा पारित गरेको हो । बैंकले १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत सेयर लाभांश गरी कुल २५.५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकले आर्थिक वर्ष २०२३/२४ मा ४.७ अर्ब रुपैयाँ सञ्चालन मुनाफा हासिल गरेको छ । यसले ३.३ अर्ब रुपैयाँ करपछिको वास्तविक मुनाफा प्राप्त गर्न सफल भएको छ । यस आर्थिक वर्षमा बैंकको इक्विटीमा प्रतिफल (ROE) १९ प्रतिशत र प्रति सेयर आम्दानी ३४.७ रुपैयाँ रहेको छ, जुन उद्योगकै उच्चतम हो।
बैंककी अध्यक्ष जरीन दरुवालाले देशकै एकमात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पाउँदा गर्व लागेको बताइन् । स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ।
स्ट्यान्डर्ड चार्टर्ड पीसीएल लन्डन र हङकङ स्टक एक्सचेन्जमा सूचीबद्ध छ । बैंक नेपालमा सञ्चालन गर्ने एक मात्र अन्तर्राष्ट्रिय बैंक हो र लगातार पाँचौं वर्षसम्म आईसीआरएएनपी-आईआर एएए रेटिङ प्राप्त गर्ने सबैभन्दा सुरक्षित बैंक हो ।
अर्थ चाैतारी ।